रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।
“हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन नष्ट र रोक्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए”, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो । मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा भने, “आपत्कालीन सेवा विशेषज्ञहरू खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।”
मेयरका अनुसार सहरतर्फ २७ वटा ड्रोन प्रहार गरिएको एक दिनपछि र रुसले सप्ताहन्तमा युक्रेनविरुद्ध रेकर्ड सङ्ख्यामा ड्रोन तैनाथ गरेपछि आक्रमण भएको हो । तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक आधारमा एक अर्काविरुद्ध ड्रोन तैनाथ गरेका छन्, तर मस्कोलाई विरलै लक्षित गरिएको छ ।
बिहीबार धेरै मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ । विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किएभ र पश्चिमको बिना शर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेका हुन् ।
प्रतिक्रिया