इलाम :देउमाई नगरपालिका–३ का स्व. नेत्रबहादुर कटुवाल र स्व. डिकबहादुर कटुवालका परिवारले आफ्नी स्वर्गीय आमा देवीमाया कटुवालको १२औँ दिनको पुण्य तिथिमा स्थानीय विद्यालयका लागि अक्षयकोष स्थापना गरेका छन्। अन्तिम संस्कारका क्रममा संकलन भएको १ लाख ५० हजार रुपैयाँ सोही वडास्थित पञ्च माध्यमिक विद्यालय, शान्तिडाँडालाई हस्तान्तरण गरिएको हो।
रकम विद्यालयका प्रधानाध्यापक देवीप्रसाद श्रेष्ठलाई वडाध्यक्ष पदमबहादुर कटुवाल, रुद्रबहादुर कटुवाल, राजु कटुवाललगायत परिवारका सदस्यहरूले संयुक्त रूपमा बुझाए।
स्थानीय सुमन पोखरेलका अनुसार, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले विद्यालयमा अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको हो। उनले समुदायमै आधारित यस्तो पहलले विद्यार्थी प्रोत्साहन तथा विद्यालयको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण योगदान दिने बताए।
प्रतिक्रिया