विराटनगर : मोरङको लेटाङमा मङ्गलवार दिउँसो सीटी सफारी दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ नगरपालिका–५ मा ‘अनटेस्ट’ सफारी दिउँसो १ः४० बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर सफारीमा सवार रहेका लेटाङ–४ का अन्दाजी ३२ वर्षीय जनम तामाङको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर सफारी चालक लेटाङ–४ का ३९ वर्षीय भीषण राईलाई पनि सामान्य घाइते भएका छन् । लेटाङकै एडभान्स अस्पतालमा उपचारपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनामा परेको सफारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया