इटहरीमा दुई कार ठोक्किँदा तीन जना घाइते

शनिबार, १० जेठ २०८२

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कोशी लोकमार्गमा दुई ओटा कार एक आपसमा ठोक्किँदा तीन जना  घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ आइरहेको प्र.३.०१.०२२च ४०३३ नम्बरको कार र सोही दिशाबाट आइ पश्चिम शाखा सडक पार गर्न खोजिरहेको बा.प्र.०१.०२९च ८४५७ नम्बरको कार बिच राति  ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा ८४५७ नम्बरको कारका चालक इटहरी  १२ निवासी ३६ वर्षीय विकास भट्टराईको दाहिने कुम र घाटीमा चोट लागेको छ।

सोही कारमा सवार ललितपुर गोदावरीका ४४ वर्षीय धनेन्द्र केसीको दाहिने कुममा र काठमाडौँ सुबिधानगर निवासी ४१ वर्षीय दिनेश त्रिपाठीको दुवै गोडामा  चोट लागेको प्रहरीले जनाएको छ।

तीनै जना घाइतेलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुवै कार र ४०३३ नम्बरको सवारीका चालक इटहरी–२ निवासी ४० वर्षीय दिपेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार