नेपालका राजकुमार कार्की स्कुल ओलम्पिक २०औं संस्करणमा सहभागी

शनिबार, १० जेठ २०८२

कतार : नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले कतारमा आयोजित स्कुल ओलम्पिकको २०औं संस्करणमा विशिष्ट प्रतिनिधिका रूपमा सहभागिता जनाएका छन्।

कार्कीका भिआइपी प्रतिनिधिको रूपमा प्रतियोगितामा सहभागी भएका हुन्। यस विद्यालयस्तरीय अन्तर्राष्ट्रिय खेलकुद महोत्सवमा २० वटा फरक–फरक खेलमा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगिताको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच, कतारका शिक्षा तथा उच्च शिक्षामन्त्री, कतार ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव, कतार स्कुल स्पोर्ट्स एसोसिएसनका अध्यक्ष लगायत सहभागी २० खेलका राष्ट्रिय महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राजकुमार कार्की यसअघि पनि फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिक २०२४ को टर्च रिले कार्यक्रममा सहभागिता जनाइसकेका छन्। नेपाली स्कुल खेलकुदको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न कार्कीको सक्रियता उल्लेखनीय मानिन्छ।

नेपाल विद्यालय खेलकुद महासंघले विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्यले निरन्तर समन्वय गर्दै आएको छ। कार्की शनिबार नेपाल फर्कने कार्यक्रम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार