गृहमन्त्रीकाे राजीनामा माग्दै विपक्षी दलकाे अवराेध, संसद् बैठक आधा घण्टाका लागि स्थगित

मंगलबार, १३ जेठ २०८२

काठमाडौँ  : संसद् बैठक विपक्षी दलबाट अवरोध भएका कारण आधा घण्टाको लागि स्थगित गरिएको छ । 

बिहान ११ बजे शुरू हुनुपर्ने आजको प्रतिनिधिसभा बैठक आधा घण्टा ढिलो गरी शुरू भएकोमा बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रसहितका विपक्षी दलले उठेर अवरोध गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले आफ्ना धारणा राख्न अनुमति दिएपछि माओवादीका सांसद वर्षमान पुनले ‘भिजिट भिसा’ को प्रसङ्ग राखेका थिए । पुनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र विपक्षी सबै दलको अडान रहेको बताए ।

त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’ का नाममा मानिसलाई दुःख दिने, रकम असुल्नेलगायतका विषयमा गृह प्रशासन जोडिएको भनेर प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ ।

हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री र गृह सचिवालय नै यो प्रकरणमा संलग्न रहेको सार्वजनिक भइसकेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिन माग गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार