बाजुरा : बाजुरा जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । दुर्घटनामा घाइते भएका बुढीनन्दा नगरपालिका–२ का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार हुनेछ । घाइतेको उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बाजुरा पुगेको हो । जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, जिप चालक करनसिंह महतरा र जिपमा सवार टेलिकमकै कर्मचारी बडीमालिका नगरपालिका–७ का रविन्द्र धामीको मृत्यु भएको थियो । खड्कासहितको टोली जगन्नाथस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्न गइरहेको थियो ।
प्रतिक्रिया