सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्।
सोमबार बिहानदेखि सम्पर्कविहीन भएका परिवारको खोजी कार्य प्रहरीले सुरु गरेको छ।
बेपत्ता हुनेहरू उर्मिला हायुको परिवारका सदस्य हुन्, जो छेत्पा नजिकैको बिप्पर कटेरीमा बसोबास गर्दै आएका थिए।
स्थानीयवासीले सोमबार बिहानदेखि घरका सबै सदस्य सम्पर्कविहीन रहेको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको हो।
गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायु परिवारका सदस्यहरू सीमान्तकृत समुदायका हुन् र केही दिनअघि सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए।
प्रहरीका अनुसार हायुको घरमा सामान्य आगलागी भएको देखिएको छ भने घरपालुवा जनावरहरू अलपत्र अवस्थामा फेला परेका छन्।
प्रतिक्रिया