मोरङ : १८औं गणतन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार सुकुना क्याम्पस परिसरमा आयोजित उक्त कार्यक्रममा शिरीष, अम्बक लगायत विभिन्न जातका फूल तथा फलफूलका विरुवाहरू रोपिएका छन्।
कार्यक्रममा नेविसंघ सुकुना इकाई समिति सभापति विजय ओझा, नेविसंघ केन्द्रीय सदस्यद्वय सुमन ढकाल र गोपाल कार्की, मोरङ जिल्ला उपसभापति सुमन श्रेष्ठ, स्ववियु कोषाध्यक्ष सबिना थापा सहित अन्य विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभापति ओझाका अनुसार नेविसंघ सुकुना इकाई समितिले प्रत्येक वर्ष यस्तो वृक्षरोपण कार्यक्रम गर्दै आएको छ।
क्याम्पसको वातावरणलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन यस्ता क्रियाकलाप सहयोगी हुन्छन् ।
उनले बताए।
कार्यक्रमले वातावरणप्रति विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक सहभागिता प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
प्रतिक्रिया