इटहरीमा दुई सय बढी विद्यार्थी स्काउटरका रूपमा दीक्षित

विहीबार, १५ जेठ २०८२

इटहरी : इटहरीका विभिन्न विद्यालयका दुई सय बढी विद्यार्थी स्काउटरका रूपमा दीक्षित भएका छन्।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण इटहरी वडा नं. ३ स्थित तालतलैयामा विहीबार आयोजित कार्यक्रममा इटहरी क्षेत्रका २२ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए। कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी–१ मा सञ्चालित स्काउट ट्रुपको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा करिब सात सय विद्यार्थीको उत्साहजनक सहभागिता रहेको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीले ‘फ्रेन्डसिप हाइक एण्ड कुकिङ प्रतियोगिता’ मा पनि भाग लिए।

तालतलैयामा पुग्नुअघि विद्यार्थीहरूले स्काउट पोशाकमा राष्ट्रिय माध्यमिक विद्यालयबाट झन्डै पाँच किलोमिटर लामो हाइक गरेका थिए। उत्सवझैं भएको यस स्काउट दीक्षा कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक जिम्मेवारीको भावना झन् प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार