सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की नियुक्त

सोमबार, १२ साउन २०८२

काठमाडौं  : सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । 

 आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको सहभागी एक मन्त्रीले बताए ।

 त्यस्तै सरकारले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको छ । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो। ।

 ५८ वर्षे उमेर हदका कारण मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका थिए भने कार्की रजिष्ट्रारमा बढुवाका लागि सिफारिस भएका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार