ट्याङ्करको ठक्करबाट एकको मृत्यु, एक घाइते

सोमबार, १२ साउन २०८२

भरतपुर  ः ट्याङ्करको ठक्करबाट एकको मृत्यु, एक घाइते भएका छन् ।

 नारायणगढ–मुग्लिन सडकखण्डमा तेल बाकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

 आज अपराह्न भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नं को तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो । 

 दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

 घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार