इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (तस्बिरहरुसहित)

बुधबार, १४ जेठ २०८२

इटहरी : इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

आगो नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

Untitled design (5)

विराटनगरका उद्योगी वसन्त राठीद्वारा सञ्चालित उक्त प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ। राठीका अनुसार फ्याक्ट्री मङ्गलवार बन्द थियो र आगलागीको कारण अहिले सम्म स्पष्ट हुन सकेको छैन।

फ्याक्ट्रीभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल र अन्य ज्वलनशील सामग्री भएकाले आगो तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ। 

आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन भने दमकल तथा सुरक्षकर्मीहरुले आगोलागि नियन्त्रणको प्रयास जारी राखेका छन् । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

Untitled design (6)

 

Untitled design (8)

Untitled design (9)Untitled design (7)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार