कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीलाई मातृशोक

शुक्रबार, १६ जेठ २०८२

बेलबारी : कोशी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का प्रदेश समिति सदस्य ज्ञानेन्द्र सुवेदीलाई मातृशोक परेको छ।

मोरङको बेलबारी निवासी सुवेदीकी आमा टीकादेवी सुवेदीको आज दिउँसो विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

टीकादेवी सुवेदी लामो समयदेखि अस्वस्थ रहेकी र उपचाररत अवस्थामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको निधनप्रति स्थानीय समाज, राजनीतिकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार