बेलबारी : मोरङको बेलबारी नगरपालिका–१, बरडागीस्थित भलिबल खेल मैदानमा भलिबल खेल हेर्दै गरेका एक व्यक्तिको अचानक मृत्यु भएको छ।
शुक्रवार अन्दाजी साँझ अन्दाजी ५ बजेको समयमा स्थानमा भलिबल खेल हेर्दै गरेका ४० वर्षीय डम्बर बहादुर राई अचानक बेहोस भई लडेका थिए।
तत्काल उनलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पताल लगिएको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकहरूले परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।
प्रतिक्रिया