सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

शनिबार, १७ जेठ २०८२
File Photo

सप्तरी : सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको ज्यान गएको छ। कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोल निवासी ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

स्थानीयका अनुसार विष्टलाई बिहान करिब २ बजेतिर घरदेखि करिब पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो। स्थानीय लिलबहादुर मगरका अनुसार हात्तीको दाह्राले विष्टको शरीरमा गम्भीर चोट पुर्‍याएको थियो।

विष्ट बँदेललगायत जङ्गली जनावरबाट मकै जोगाउन नियमित रूपमा राति खेतमा जाने गर्थे र कहिलेकाहीँ खेतमै बनाएको टौवामा सुत्ने पनि गर्थे। यही क्रममा गएराति हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार