गुण्डा नाइके ‘सानुभाइ’ पक्राउ

विहीबार, १५ साउन २०८२

काठमाडौं । गुण्डा नाइके सानुभाई भनिने युवराज गुरूङ पक्राउ परेका छन् । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले गएराति ठमेलबाट पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए ।

पीडित प्रहरीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार