काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह आइतबार साँझ काठमाडौंमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका बेला पक्राउ परेका हुन्।
प्रहरी परिसरका एसपी अपिलराज बोहराले सांसद सिंहलाई परिसरभित्रैबाट पक्राउ गरिएको जानकारी दिएका छन्।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादी समूहले बिहीबारदेखि काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका छन्। सोही आन्दोलनको सिलसिलामा आइतबार नारायणचौर क्षेत्रमा प्रदर्शन भएको थियो। कमल थापा दिउँसो उक्त प्रदर्शनका क्रममा पक्राउ परेका थिए।
प्रदर्शनकारीहरूले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै नाराबाजी गरेका थिए।
प्रतिक्रिया