विश्व वातावरण दिवसमा सङ्खुवासभामा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न

विहीबार, २२ जेठ २०८२

सङ्खुवासभा : विश्व वातावरण दिवस २०२५ को अवसरमा सङ्खुवासभामा निर्माणाधीन अरुण ३ जलविद्युत आयोजनाको निर्माण कम्पनी एसजेवीएन अरुण ३ पावर डेभलपमेंट कम्पनीले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ।

कम्पनीले तुम्लिङटारस्थित मुख्य कार्यालय तथा अन्य साइट कार्यालयहरूमा विविध गतिविधिहरू सम्पन्न गरेको हो।

मुख्य कार्यकारी अधिकृत राकेश सहेगलले वातावरण स्वच्छ राख्न प्लास्टिकको प्रयोग घटाउने, वातावरणप्रति सचेत बनाउने र विद्यालय तथा समुदायसम्म सन्देश फैलाउने अपिल गरेका थिए।

करिब ३०० कर्मचारीहरूको सहभागितामा हाजिरी जवाफ र चित्रकला प्रतियोगिताजस्ता कार्यक्रमहरू सञ्चालन गरिए। प्रतियोगितामा उत्कृष्ट हुनेलाई वातावरणमैत्री पुरस्कार प्रदान गरिएको कम्पनीका वरिष्ठ प्रबन्धक अजय बर्माले जानकारी दिए।

साथै, कर्मचारीहरूलाई २०० वटा इनडोर प्लान्ट र वातावरण दिवसको नारा अङ्कित ३०० वटा कप वितरण गरिएको थियो।

कम्पनीका उपमहाप्रबन्धक सुरेन्द्र शर्माले कर्मचारीहरूलाई घर, कार्यालय र समुदाय स्तरसम्म वातावरणमैत्री क्रियाकलापमा संलग्न हुन प्रेरित गर्दै शपथसमेत गराएका थिए।

एसजेवीएन अरुण ३ पावर डेभलपमेंट कम्पनीले विगत वर्षहरूदेखि नै ड्याम साइट, पावर हाउस, ४०० केभी प्रसारण लाइन तथा सात जिल्लाका साइट कार्यालयहरूमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार