सुनसरी : सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरमा जंगलबाट बस्तीमा पसेको निलगाई मरेको छ। बिहीबार बिहान ११ः३० बजेतिर जंगलबाट गाउँ पस्दा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरी चौकी गौतमपुरका असई भोलप्रसाद यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीले डिभिजन वन कार्यालय, सुनसरीलाई जानकारी गराएको थियो। वन कार्यालयका कर्मचारी निलगाई समात्न पुगेका थिए तर त्यसक्रममा निलगाई भाग्न खोज्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार भाग्ने क्रममा निलगाई स्थानीय जमाल अन्सारी र सहवाज अन्सारीको घरबीचको टाटीमा च्यापिएको थियो। टाटीमा च्यापिएर निलगाईको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।
वन कार्यालयले कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया