झापा : झापाको शिवसताक्षी नगरपालिका–५ स्थित माईखोलाको बिच भागमा आज बिहान अन्दाजी ५५/६० वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन् ।
लगभग बिहान ११:४० बजेतिर पानीमा घोप्टो परेर मृत भेटिएका ती पुरुषको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा शवलाई करिब १०० मिटर टाढा निकालेर सुरक्षित राखिएको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । दिउँसो १ बजे आसपास कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
तर, अस्पतालमा शव राख्ने ठाउँ नभएकाले दिउँसो ४:३० बजे शवलाई मोरङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया