आम्दानी राम्रो भएपछि किसानहरू व्यावसायिक खुर्सानी खेतीमा

मंगलबार, १४ असोज २०८२

रामेछाप : रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ ।

नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् । 

समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् । 

आफ्नो २ रोपनी भन्दा बढी जमिनमा अकबरे खुर्सानी लगाउनु भएका किशोरले रामेछाप जिल्लमा पहिलो पटक मल्चिङ प्रविधिबाट खुर्सानी लगाएका छन् । खेती लगाएको तीन महिनाबाट उत्पादन दिन सुरु गर्ने खुर्सानीका बोटले लगातार ५ वर्षसम्म उत्पादन दिने उनले बताए । 

पानी कम पर्ने र केही भिरालो जमिनमा खुर्सानीको राम्रो खेती हुने उनले बताए । सुक्खा याममा भने पानी परेन भने खुर्सानीलाई पानी दिनु पर्ने उनको भनाइ छ । 

काँचो अकबरे खुर्सानी बारीबाट नै २ सयदेखि २ सय ५० रुपैँया किलोसम्ममा बिक्री हुने गरेको पौडेलले बताए । काँचो बिक्री नहुँदा पनि सुकाएर बिक्री गर्न सकिने भएको खुर्सानी खेती सहज भएको उनको भनाइ छ । 

खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि रामेछापका विभिन्न क्षेत्रका किसानहरू व्यावसायिक खुर्सानी खेतीमा लागेका छन् । यसबाट किसानले राम्रो कमाइ गर्न पनि लागेका छन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार