नेपाल र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० आज, वेस्ट इन्डिजले बलिङ गर्दै

मंगलबार, १४ असोज २०८२

शारजाह : नेपाल र वेस्ट इन्डिजबीच युनिटी टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेल आज शारजाह क्रिकेट स्टेडियममा भइरहेको छ।

टस जितेर वेस्ट इन्डिजका कप्तानले पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले यस खेलमा पनि ब्याटिङबाट पारी सुरुआत गर्ने भएको छ।

नेपालले यसअघि सिरिजका दुवै खेल जित्दै उपाधि सुनिश्चित गरिसकेको छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ९० रनले ऐतिहासिक जित हात पारेको थियो। यससँगै नेपालले टेस्ट राष्ट्रविरुद्ध लगातार दुई खेल जित्ने उपलब्धि हासिल गरेको हो।

अन्तिम खेलमा जित निकाल्दै नेपालले सिरिजमा ‘क्लीन स्वीप’ गर्ने लक्ष्य लिएको छ भने वेस्ट इन्डिज भने सान्त्वना जितको खोजीमा हुनेछ।

आजको खेलका लागि नेपालले तीन परिवर्तन गरेको छ। नियमित खेलाडीहरू आसिफ सेख, ललितराज बंशी र दिपेन्द्र सिंह ऐरीलाई आराम दिइएको छ भने उनीहरूको स्थानमा शहाब आलम, लोकेश बम र आरिफ सेखलाई टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार