सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने देखिएन : पूर्ण बस्नेत

मंगलबार, १४ असोज २०८२

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आन्दोलनको म्याण्डेट क्यारी गर्न असमर्थ देखिएको टिप्पणी गरेका छन्।

विजयादशमी २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले वर्तमान सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित हुने देखिएको भन्दै सरकारप्रति युवाले निरन्तर खबरदारी गर्नुपर्ने सुझाव दिएका छन्।

उनले भने, “यदि सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ। २०८४ सालमा हुने निर्वाचनलाई २०८२ फागुनमा अघि सार्ने नाममा आन्दोलनलाई कमजोर पार्ने खेल भयो भने यो सबैभन्दा ठूलो धोका हुनेछ।”

बस्नेतका अनुसार भ्रष्टाचारविरुद्ध छानबिन र कारबाही गर्नु जेनजी आन्दोलनको अर्को प्रमुख म्याण्डेट हो। सुशासनको जग बसाउन सरकारलाई कठोर र निडर निर्णय लिनुपर्ने उनको जोड छ।

जसको नीति, उसकै नेतृत्व नहुने परिस्थितिमा आन्दोलनका उपलब्धि हराउने खतरा रहेको उनको चेतावनी छ। जेनजी आन्दोलनबाट उदाएका युवाले नै वर्तमान सरकारको नेतृत्व गर्नुपर्ने स्पष्ट धारणा बस्नेतले प्रकट गरेका छन्। उनका अनुसार “सेलिब्रटी सरकारलाई चुनौतीपूर्ण राजनीतिक नेतृत्व गर्न कठिन पर्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार