लरेन्स बिश्नोई गिरोहलाई आतङ्कवादी सङ्गठन घोषणा

मंगलबार, १४ असोज २०८२

काठमाडौँ : क्यानडाले भारतीय अपराधी लरेन्स बिश्नोई नेतृत्वको गिरोहलाई आधिकारिक रूपमा “आतङ्कवादी सङ्गठन” घोषणा गरेको छ। यस निर्णयपछि क्यानडा सरकारले उक्त गिरोहको सम्पत्ति जफत गर्ने, कोष फ्रिज गर्ने र गतिविधिमा कडाइ गर्ने अधिकार पाएको छ।

क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री ग्यारी आनन्दसाङ्गरीले सोमबार घोषणा गर्दै भने, “यस गिरोहले क्यानडाका आप्रवासी समुदायमा डर र त्रासको वातावरण सिर्जना गरेको छ। आतङ्कवादी सङ्गठन घोषणा गर्नु हाम्रो अपराध नियन्त्रण रणनीतिको बलियो कदम हो।”

गत वर्ष क्यानडाली प्रहरीले भारतीय सरकारी एजेन्टहरूलाई आरोप लगाउँदै बिश्नोई गिरोहका सदस्यहरूलाई हत्या, जबरजस्ती चन्दा उठाउने र हिंसात्मक गतिविधिमा प्रयोग गरिएको दाबी गरेको थियो। भारतले भने यी आरोपलाई अस्वीकार गर्दै क्यानडाले कुनै ठोस प्रमाण प्रस्तुत नगरेको प्रतिक्रिया दिएको थियो।

३२ वर्षीय लरेन्स बिश्नोई करिब एक दशकदेखि जेलमै रहे पनि उनको गिरोह भारतदेखि क्यानडासम्म सक्रिय रहेको क्यानाडेली अधिकारीहरूले बताएका छन्। ठूलो आप्रवासी जनसङ्ख्या भएको क्षेत्रहरूमा यसको नेटवर्क फैलिएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार