गैंडाकोट : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एड्भेन्चर रिसोर्टमा आज बिहान भीषण आगलागी भएको छ। पाँच सय जनासम्म अट्ने मुख्य हल तथा रिसेप्सन कक्षमा आगो सल्किँदा रिसोर्टको प्रमुख संरचना पूर्णरूपमा जलेर नष्ट भएको हो।
काठबाट निर्मित रिसोर्टमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि संरचनागत क्षति ठूलो भएको बताइएको छ।
प्रतिक्रिया