‘बालेन पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेले’ : दुर्गा प्रसाईँ

मंगलबार, १४ असोज २०८२

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)माथि जेन–जी आन्दोलनमा ‘पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको’ आरोप लगाएका छन्।

विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले हालैको जेन–जी आन्दोलनबारे धारणा सार्वजनिक गर्दै भने, “आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण थियो, तर पछिल्लो चरणमा पश्चिमी हस्तक्षेपका कारण यसको स्वरूप बिग्रियो।”

सिंहदरबार र सर्वोच्च अदालतजस्ता राणाकालीन सम्पदामा भएको आगजनीलाई उनले नेपाली जनताको लागि अत्यन्तै दुःखद घटना बताएका छन्। त्यस्तो बेलामा महानगरका जनप्रतिनिधि र कर्मचारी मौन बस्नु अझै दुखदायी भएको उनको भनाइ छ।

मेयर साहमाथि गम्भीर आरोप लगाउँदै प्रसाईँले भने, “बारबरा फाउन्डेसनसहितका संस्थामार्फत पश्चिमी प्रभाव नेपालमा प्रवेश गरेको छ। यसको प्रत्यक्ष असर देशको भविष्य र इतिहासमा पर्न सक्छ।”

उनले बालेनले विद्यार्थी छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडक बत्ती जस्ता कामलाई आफ्नै सम्पत्तिबाट भएको जस्तो देखाएर व्यक्तिगत प्रचारबाजी गरेको आरोप पनि लगाए।

प्रसाईँले नेपाली जनतालाई सचेत रहन आग्रह गर्दै सिंहदरबारमा भएको आगजनीलाई ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार