इलाममा विपद् प्रतिकार्यको संयुक्त अभ्यास सम्पन्न

आइतबार, २५ जेठ २०८२

इलाम : इलामको माई खोलास्थित सेतुवाबेसी क्षेत्रमा विपद् प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको छ। आगामी मनसुनका समयमा आउन सक्ने बाढी, पहिरोजस्ता विपद्को जोखिमलाई मध्यनजर गर्दै यो अभ्यास गरिएको हो।

गढीथुम्का स्थित रणशार्दूल गणले इलाम नगरपालिका–१०, राजदुवालीमा अभ्यास सञ्चालन गरेको हो। अभ्यास जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीलगायत निकायहरूको सहभागितामा सम्पन्न भएको थियो।

WhatsApp Image 2025-06-08 at 6.54.23 PM (1)

कार्यक्रमको उद्देश्य विपद् आउँदा उद्धार, राहत वितरण र समन्वय कार्यलाई प्रभावकारी बनाउनु रहेको बताइएको छ। अभ्यासमा बाढी तथा पहिरोमा फसेकाहरूको उद्धार, प्राथमिक उपचार, राहत वितरण, तैरन मिल्ने सामग्री तथा स्ट्रेचर निर्माण गर्ने अभ्यास गरिएको थियो। सहभागीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।

WhatsApp Image 2025-06-08 at 6.54.35 PMWhatsApp Image 2025-06-08 at 6.54.33 PMWhatsApp Image 2025-06-08 at 6.54.32 PM

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, रेडक्रस प्रतिनिधि, नगर प्रहरी, सूर्योदय नगरपालिका–११ को करफोक विद्या मन्दिर माविका शिक्षक–विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार