सुनको मूल्य तोलामा १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २८ जेठ २०८२

काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी अघिल्लो दिनकै मूल्यमा खरिद बिक्री भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सनु तोलामा १ लाख ९० हजार रुपैयाँमा किनबेच भएको थियो । 

आज चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार