राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले दिए मानव अधिकार आयोगमा निवेदन

आइतबार, ०४ जेठ २०८२

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । 


आइतबार सुरेशकी  श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् । 


‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रिमानको रहस्यमय र शंकासपद् अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध,षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु ।’ निवेदनमा भनिएको छ  ।


त्यस्तै निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घट्नालाई अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भिर रुपमा लिएर आयोगले काम गरेको बताइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्ने समेत जानकारी गराइन् । 


उनले भनिन्,‘यो घट्नाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भिर विषय हो भनेर आयोगले एकदम गम्भिरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्ता समेत गरिसकेको छौं एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर  ।’


त्यस्तै उनले यस घट्नामा आयोगले बाहिरबाट दुई जना विज्ञ समेत ल्याएर अनुसन्धान गरेको जानकारी दिईन् । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार