विराटनगर । हात्तीबाट अन्नबाट बाली जोगाउनलाई थापिएको विद्युतीय धरापमा परेर झापामा १ जनाको मृत्यु भएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार कचनकवल गाउँपालिका–७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको बुधबार बिहान ८ः३० बजेतिर मृत्यु भएको हो । हात्तीले बालीमा क्षति नगरोस् भनेर खनाल आफैंले बारीमा तारबार गरेर करेन्ट प्रवाह गरेको पाइएको उनले बताए ।
खनाललाई बाख्रा चलाउने क्रममा करेन्ट लागेको थियो । तारबारमा प्रवाह गरेको करेन्ट लागेर खनालको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट इन्स्पेक्टर विजय चौहानको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया