गर्मी बढेपछि इटहरीमा थप २ दिन विद्यालय बिदा

बुधबार, २८ जेठ २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिनका लागि बिदा दिने निर्णय गरेको छ।

 उपमहानगरपालिकाको कार्यालयबाट आज (बुधवार) जारी सूचनाअनुसार जेठ २९ र ३० गते (दुई दिन) विद्यालयहरूमा गर्मी बिदा घोषणा गरिएको हो।

सूचनामा उल्लेख गरिएअनुसार पछिल्ला दिनहरूमा मौसम प्रतिकूल बनेको र अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

हिजो मात्रै इटहरी उपमहानगरले सूचना जारी गर्दै जेठ २८ गते (आज)  १ दिन विद्यालय बिदा दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार