झापाको कचनकवलका ३८ जना शिक्षक बर्खास्त

मंगलबार, ०५ बैशाख २०८०
झापा । झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई बर्खास्त गरेको हो । गाउँपालिकामा कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम्प्युटरका मावि शिक्षकलाई निष्काशन गर्ने गत २२ पुसको बैठकको निर्णयअनुसार उनीहरुलाई मंगलबारदेखि हटाइएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए । तत्कालीन गाउँपालिका अध्यक्ष अन्जर आलमको कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणका लागि अनुमति नलिएका, अयोग्य तथा नियमविपरीत नियुक्ति शिक्षक शिक्षिकालाई हटाइएको गाउँपालिकाले जनाएको छ । गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ जना कर्मचारी निष्कासन गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार