धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गरेका हुन्।
उनका अनुसार कुल बजेटमध्ये १० अर्ब २० करोड ८१ लाख चालु खर्चका लागि छुट्याइएको छ, जुन कुल बजेटको ३०.४८ प्रतिशत हो। पुँजीगत खर्चका लागि १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले कुल बजेटको ५९.۲२ प्रतिशत ओगटेको छ।
यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया