इलाम : पर्यटन प्रवद्र्धनमा पत्रकारहरुको विशेष महत्व रहने तर्फ मध्यनजर गर्दै इलाममा तीन दिवसीय पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
इलाम नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल भिलेज होमस्टेमा तालिम कार्यक्रम सञ्चालन भई रहेको छ । तालिम उदघाटन कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले तालिमले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । नगरप्रमुख थापाले जिम्मेवार, तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने भन्दै पत्रकारहरुलाई इलामको पर्यटनका विषयलाई प्राथमिकतामा राख्न अनुरोध समेत गरे ।
कार्यक्रमका अध्यक्षता नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष भीम चापागाईंले पर्यटनको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गरे ।
पर्यटन विषय समेटिएको पत्रकारिता तालिममा चार जिल्लाका करिव ३० जना पत्रकारहरूको सहभागिता रहेको छ। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फीचर लेखन, गन्तव्य प्रवद्र्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँने जनाइएको छ।
तालिममा पर्यटन कार्यालय काँकरभिट्टा प्रमुख छविलाल खतिवडा र केचना–कञ्चनजङ्गा पर्यटन विकास समितिका पूर्व अध्यक्ष केशवकुमार धौराली, पर्यटन पत्रकार बिराट अनुपमले सहजिकरण गर्ने छन।्
प्रतिक्रिया