बाँके : राप्ती नदीमा आज विश्व सिमसार दिवसका अवसरमा ५ वटा घडियाल गोही छाडिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा बाँकेको राप्ती गाउँपालिका वडा नम्बर १ कुसुमको राप्ती नदीमा बर्दिया राष्ट्रिय निकुञ्जबाट घडियालका पाँचवटा बच्चालाई ल्याएर छाडिएको हो ।
प्रत्येक वर्ष विश्वसंसार दिवसकै अवसरमा घडियाल र मगर जातिका गोहीहरू राप्ती नदीमा छाडिने गरिए झै यस वर्ष पनि छाडिएको हो । बाँके राष्ट्रिय निकुञ्जका निकुञ्ज प्रमुख वीरेन्द्र कंडेलका अनुसार नदीमा छाडिएका दुई प्रजातिका गोहीको अनुगमन र संरक्षण पनि गर्ने गरिन्छ ।
प्रतिक्रिया