इनरुवामा ४६० केजी गाँजासहित स्कारपियो प्रहरीको नियन्त्रणमा, चालक फरार

मंगलबार, १६ मंसिर २०८२

इटहरी : सुनसरीको इनरुवा नगरपालिका ९ नहरचोक नजिकै बबियाबाट मंगलबार साँझ प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोबाट ४६० केजी (१६ बोरा) गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आज साँझ ७ बजेतिर इनरुवाबाट जाल्पापुर तर्फ जाँदै गरेको उक्त स्कारपियोलाई प्रहरीले नहरचोक नजिक रोकेर जाँच गर्न खोज्दा चालक सवारी नरोकी फरार भएका थिए । पछि सोही रुटमा खटिएको अस्थायी प्रहरी पोष्ट साम्बला पोखरीचोकको टोलीले सवारी साधन छाडिएको अवस्थामा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख केशव कुमार थेवेको कमाण्डमा पुगेको टोलीले स्कारपियो खानतलासी गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएका १६ बोरा गाँजा बरामत गरेको थियो । बरामद गरिएको गाँजा सहितको स्कारपियो जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको बताइएको छ ।

फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार