बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छ : महामन्त्री पौडेल

सोमबार, १९ माघ २०८२

काठमाडौ :बदलिएको नेपाली कांग्रेसले देश विकासको नेतृत्व गर्ने कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन्। 

काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा  कांग्रेस महामन्त्री पौडेलले देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका हुन् । महामन्त्री पौडेलले नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधार गरिएको समेत बताए ।

“नेपाली कांग्रेससँग नागरिकका धेरै गुनासा र अपेक्षा छन्, नागरिकका गुनासा सम्बोधन गर्न कांग्रेसलाई निर्वाचित गराउन आवश्यक छ”, महामन्त्री पौडेलले भने । आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएका घोषणा पत्र तयार गरिँदै गरेको पौडेलले जानकारी गराए । सो घोषणापत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्गचित्र तय गर्ने महामन्त्री पौडेलले स्पष्ट पारे ।

“नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ, तपाईँहरु सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ”, महामन्त्री पौडेलले थपे । 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार