दुहबीका मेयरको एक्सन: एकै साथ चल्यो १० वटा डोजर 

मंगलबार, ०५ बैशाख २०८०
इटहरी ।  लामो समय देखि विवाद झेल्दै आएको दुहबी स्थित ६ लेन सडक क्षेत्रमा डोजर चलाउन सुरु गरिएको छ । दुहबी नगरपालिकाले आज देखि एक साथ १० वटा डोजर चलाएर ६ लेन सडकमा पर्ने घर संरचना हटाउन थालेको हो । अन्य स्थानमा सडकले तीव्रता पाए पनि दुहबी बजारको २ किलोमिटर सडक के गर्ने अन्योल रहेका बेला नगरपालिकाले डोजर लगाएर संरचना धमाधम भत्काउन थालेको नगर प्रमुख वेद गच्छदारले बताए । मुख्य बजारको दुई मिलोमिटर मध्ये विल टप एरियाको ६३० मिटर बाहेकको संरचना हटाइएको हो । नगरपालिकाले ३ महिना अगाडी घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । हिजो (सोमबार) उच्च अदालत विराटनगरले निषेधाज्ञाको अन्तरिम आदेश खारेज गरेपछि राष्ट्रिय गौरवको आयोजना बनाउने बाटो खुलेको छ । रानी विराटनगर इटहरी धरान सडक खण्ड मध्ये सुनसरीका दुहबी, इटहरी र धरानमा मापदण्ड अनुसार निर्माण हुन सकेको छैन । इटहरीमा केही समय अघि सडक क्षेत्राधिकारमा पर्ने संरचनामाथि पनि डोजर चलाइएको थियो । अहिले दुहबीले पनि सोही अनुसार संरचना हटाउन थालेपछि ६ लेन सडकले गति लिने आस पलाएको छ । आयोजनाको मिति आगामी असार मसान्तमा सकिँदै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार