नेपाली बलरसामु निरीह स्कटल्याण्ड ९७ रनमै अलआउट

मंगलबार, ०३ असार २०८२

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत स्कटल्याण्डमा जारी प्रतियोगितामा मङ्गलवार( आज)को खेलमा नेपाली बलरसामु स्कटल्याण्ड निरीह बनेको छ । 

टस जितेर पहिला बलिङ गरेको नेपालले १९.४ ओभरमा ९७ रनमै स्कटल्याण्डलाई अलआउट गरेको हो । 

९८ रनको विजयी लक्ष नेपालले अब पछ्याउने छ । नेपालका लागि सन्दिप लामिछानेले एक्लैले ४, करण केसीले २, दिपेन्द्र ऐरीले २ तथा ललीत राजवंशीेले १ विकेट लिए ।  

स्कटल्याण्डले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ भने नेपाल भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार