त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत स्कटल्याण्डमा जारी प्रतियोगितामा मङ्गलवार(आज)को खेलमा नेपाल विजयी भएको छ । स्कटल्याण्डले दिएको ९८ रनको लक्ष नेपालले एक वल बाँकी छँदै ८ विकेटको क्षतिमा भेट्टाएकाले २ विकेटले नेपाल विजयी भएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले ४ चौका प्रहार गरे।
लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।
बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो ।
नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।
बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए ।
अब नेपालले सिरिजान्तर्गत आफ्नो तेस्रो खेल नेदरल्यान्डससँग बिहीवार खेल्नेछ।
स्कटल्याण्डले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ भने नेपाल भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।
प्रतिक्रिया