नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

विहीबार, ०५ असार २०८२

काठमाण्डौं : नेदरल्यान्ड्सले टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर नेपालले पहिले बलिङ रोजेपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।

नेदरल्यान्ड्सका ओपनर लेभिटले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८६ रनको योगदान दिए। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। अन्यतर्फ, रोएलफ भ्यान डेर ३६ रनमा अविजित रहे भने आर्यन दत्तले पनि १७ रन बनाए।

नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार