स्कटल्याण्डमा सम्पन्न त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपाल ३४ रनले पराजित भएको छ। सोही जितसँगै स्कटल्याण्ड शृंखलाको च्याम्पियन बन्न सफल भएको हो।
अन्तिम खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनायो। जवाफमा नेपाल निर्धारित लक्ष्य पछ्याउने क्रममा १५९ रनमै समेटिँदै पराजित भयो।
यद्यपि, शृंखलामा सहभागी तीनवटै टोली — नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स — ले समान २–२ खेल जितेका थिए। तर रनरेटको आधारमा स्कटल्याण्डले शीर्ष स्थान हासिल गर्दै उपाधि जित्यो भने नेपाल दोस्रो स्थानमा रह्यो। नेदरल्याण्ड्स तेस्रो भयो।
प्रतिक्रिया