चितवन दुर्घटना अपडेट : मृतक ७ र घाइते २४ जनाको पहिचान खुल्यो (नामावलीसहित)

शनिबार, ०७ असार २०८२

काठमाडौं । बस र ईभी माइक्रोबस ठोक्किँएर भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको सनाखत भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा भएको दुर्घटनामा सात जनाको ज्यान जानुका साथै २४ जना घाइते भएकोमा सबैको सनाखत भएको हो।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको थियो। घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीद्ये घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

मृतकहरू :

१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती।
२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला।
७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष।

यी हुन घाइतेहरू:

१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल।
६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल।
७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली।
९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत।
१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा।
११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा।
१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा।
१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी।
१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा।
१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा।
१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह।
१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा।
२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल।
२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन।
२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय।
२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी।
२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार