लहानबाट सुरु हुँदै अन्तरप्रदेशीय सडक विस्तार, काब्रे महादेवलाई उदयपुरसँग जोड्ने योजना

शनिबार, ०७ असार २०८२
सांकेतिक फाईल

लहान : मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय सडक विस्तारको योजना सिरहाको लहान नगरपालिकाबाट सुरु गर्ने घोषणा गरेको छ । लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुनीलकुमार यादवले लहानको उत्तरी क्षेत्रलाई कोशी प्रदेश अन्तर्गतको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् । 

मन्त्री यादवका अनुसार लहानको धार्मिक तथा पर्यटकीय क्षेत्र काब्रे महादेवसम्मको पहुँच विस्तार गर्दै उदयपुर जिल्लासँग जोड्ने योजनाले व्यापार, व्यवसाय तथा धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पु¥याउनेछ । ‘अन्तरप्रदेशीय आवागमन सहज बनाउने र स्थानीय उत्पादन बजारसम्म पु¥याउने उद्देश्यले यो योजना अघि बढाइएको हो ।’ उनले भने । 

उनले सडक पूर्वाधारलाई प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा व्याख्या गर्दै बजेटका माध्यमबाट सो योजनालाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । 

लहान नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको १ अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेटको मन्त्री यादवले प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रका कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार