अवैध रूपमा नेपाल छिरेका भारतको हैदराबाद प्रहरीका डीएसपीसहित तीन भारतीय पक्राउ

आइतबार, ०८ असार २०८२

काठमाडौं । भारतमा चोरी गरी नेपाल आएर लुकेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिन काठमाडौं आएका हैदराबाद प्रहरीका डीएसपीलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय दूतावासलाई बुझाएको छ ।

हैदरवाद प्रहरीका डिएसपी जसवन्तसहित तीन भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी दूतावासको जिम्मा लगाएको हो ।

नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरूलाई गत शुक्रबार काठमाडौंमै पक्राउ गरिएको हो । सूचना अनुसार उनीहरू भारतीय सुराकी टोलीका रूपमा नेपाल प्रवेश गरेर काठमाडौंमा कार्यरत नेपाली युवकलाई नियन्त्रणमा लिई भारत लैजान खोजिरहेका थिए ।

तर नेपाल प्रहरीको टोलीले उनीहरूको गतिविधि शंकास्पद देखेर कारबाही गर्दै नियन्त्रणमा लिएको थियो । हैदरावादमा केही समयअघि ३ करोड बराबरको सामान चोरीको घटनामा थुप्रै नेपाली संलग्न रहेको खुलेको थियो ।

त्यसमध्ये फरार एकजना काठमाडौँमा लुकेर बसेको भारतीय प्रहरीले पत्ता लगायो । त्यसपछि ती आरोपित व्यक्तिलाई पक्रन उनीहरु आफ्नै देशको अर्को जिल्लामा प्रवेश गरेझैँ नेपाल छिरेका हुन् । ‘उनीहरुलाई स्वयम्भूबाट नियन्त्रणमा लिएर भारतीय दूतावासमा जिम्मा लगाइएको थियो ।

यसअघि पनि फागुन महिनामा भारतीय पञ्जाब प्रहरीको टोलीलाई ठमेलबाट पक्राउ गरी त्यही प्रक्रियामा दूतावासलाई जिम्मा लगाइएको थियो । त्यतिबेला लम्जुङका डिएसपी निशान्त श्रीवास्तव कारवाहीमा परेका थिए । अहिले भने नेपाल प्रहरीले नेपालीलाई बाहिर लैजान दिएको थिएन ।

यो घटनाले छिमेकी राष्ट्रबीचको सुरक्षात्मक समन्वयमा प्रश्न उठाएको छ । विदेशी सुरक्षाकर्मीहरूको नेपाली भूमिमा पूर्वस्वीकृति बिना गतिविधि गर्नु कूटनीतिक मापदण्डविपरीत मानिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार