खोटाङ : खोटाङ जिल्लास्थित बारापोखरी गाउँपालिकाको आर्थिक वर्ष २०८२-०८३ का लागि ३८ करोड ४० लाख ५६ हजार ७७० रुपैयाँको बजेट विनियोजन गर्दै ऐतिहासिक सत्रौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षमा सम्पन्न गर्न नसकेका योजनाहरूलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाइएको छ।
गाउँसभा संयमित र मर्यादित तरिकाले सम्पन्न भएको भन्दै अध्यक्ष सालिकराम बञ्जाराले जनप्रतिनिधि, कर्मचारी र सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी वर्ष विनियोजित बजेटलाई पूर्ण रूपमा मर्यादित, पारदर्शी र परिणाममुखी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।
प्रतिक्रिया