‘बाँसबारी जान्छु’ भनेर निस्किएका डेकेन्द्र तीन दिनदेखि बेपत्ता, खोजि गर्न अपिल

मंगलबार, १० असार २०८२

इटहरी : इटहरी उपमहानगरपालिका–२, पाथीभरा टोल निवासी ३४ वर्षीय डेकेंद्र धमला असार ८ गते बिहानदेखि बेपत्ता भएका छन्। बिहान ४ बजे घरबाट मोरङको बाँसबारीतर्फ गाडी चलाउन जान्छु भन्दै निस्किएका धमला त्यसयता सम्पर्कविहीन बनेका हुन् ।

धमलाको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको छ। प्रहरीका अनुसार हालसम्म उनी कहाँ छन् भन्ने कुनै ठोस जानकारी प्राप्त नभएको जनाइएको छ।

इलाका प्रहरी कार्यालय इटहरीले धमलाको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ। प्रहरी निरीक्षक महेन्द्र पराजुलीको हस्ताक्षरमा जारी सूचनामा धमलाको शारीरिक हुलियासमेत उल्लेख गरिएको छ।

कसैले उनलाई देखेको वा उनीबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा उनका भाइ किशोर धमलालाई ९८४२५८८३८७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार