बेलबारी नगरपालिकाको १ अर्ब ९ करोडको बजेट प्रस्ताव

मंगलबार, १० असार २०८२
File Photo

बेलबारी : मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। १७ औँ नगरसभा अधिवेशनमा नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । 

उपप्रमुख कोइरालाका अनुसार बजेटले समानुपातिक विकास, सेवा प्रवाहको सुदृढीकरण र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। उनले स्थानीय स्रोतको परिचालन, बजेटको पारदर्शिता र दिगो विकासका सिद्धान्तमा आधारित रहेर कार्यक्रम तय गरिएको जानकारी दिइन्।

नगरसभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, सडक तथा रोजगारमुखी कार्यक्रमहरूलाई समेत विशेष प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार