सुन्दरहरैँचामा एक अर्ब ७१ करोड २७ लाखको बजेट प्रस्तुत

मंगलबार, १० असार २०८२

सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० बराबरको बजेट प्रस्तुत गरेको छ ।     

आज नगर उपप्रमुख अकली चौधरीले उक्त बजेट नगरसभाको १६औँ अधिवेशनसमक्ष प्रस्तुत गरेकी हुन् । 

प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम आगामी शुक्रबार नगरसभाले छलफल गरेर पारित गर्ने उल्लेख गरिएको छ । 

यसअघि नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफलपछि सर्वसम्मतिले पारित गरिएको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार